SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०९:०४ AM · 1 मिनेट पढाइ

रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गरेका छन् । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबीचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गरेका छन् ।