SHARE
कालिका खबर · शनिबार १४ भौ २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

एससिओ सम्मेलनका लागि प्रधानमन्त्री ओलीको चीन प्रवेश, आजै राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा आइपुगेका छन् । मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङ लगायतले स्वागत गरे । प्रधानमन्त्री आली र राष्ट्रपति सीबीच आजै भेटवार्ता हुने प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ ।