केपी ओलीले कुटनीतिक कौशलता देखाउन सक्नुभएन : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक कौशलता देखाउन नसकेको टिप्पाणी गरेका छन् । काठमाडौंको कोटेश्वरमा आज (शनिबार) आजपा बागमती प्रदेश कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले चीन भ्रमणमा जानुअघि राष्ट्रिय सहमति र म्याण्डेट लिनुपर्नेमा ओलीले कांग्रेस नेतृत्वसँगपनि परामर्श गरेको थाहा नभएको बताए । ‘प्रधानमन्त्री केपी ओलीले कुटनीतिक कौशलता देखाउन सक्नुभएन, जापानविरुद्ध हुने सैनिक परेडमा सहभागी हुने कुरा असंलग्न परराष्ट्र नीतिको खिलाफमा छ, जापान नेपालको विकास साझेदार मुलुक हो । निशर्त सहयोग गर्दै आएको छ,’ आजपा अध्यक्ष साहले भने ।
