खानेपानीमन्त्री यादव र मेयर सिंहलाई धम्की दिने युवती पक्राउ
वीरगञ्ज, १४ भदौ । खानेपानीमन्त्री प्रदीप यादव र वीरगञ्जका मेयर राजेशमान सिंहलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । मन्त्री यादव र मेयर सिंहलाई फोन गरी धम्की दिने वीरगञ्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादव र मेयर सिंहलाई फोन गरी ज्यान मार्ने धम्की दिएको विषयमा सोधपुछका लागि किरणलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
