SHARE
कालिका खबर · शनिबार १४ भौ २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

थियानजिन। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्यापार, पूर्वाधार र सांस्कृतिक सम्बन्धका विषयहरूलाई छलफल भएको हो । भेटमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।