SHARE
कालिका खबर · शनिबार १४ भौ २०८२ १२:३२ PM · 1 मिनेट पढाइ

शिक्षक लक्षित दुई दिने कार्यशाला तालिम सम्पन्न, ३१ विद्यालयका १६३ जनाको सहभागिता

वीरगंज – प्याब्सन पर्साको आयोजनामा तथा ओ.आई. पब्लिकेसनको सहकार्यमा वीरगन्जस्थित मकालु होटलमा पूर्व–प्राथमिक तहका शिक्षक–शिक्षिकामुखी दुई दिने कार्यशाला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। भदौ १३ र १४ गतेसम्म सञ्चालन भएको तालिममा प्याब्सनमा आबद्ध ५३ विद्यालयमध्ये ३१ विद्यालयका १६३ शिक्षक–शिक्षिकाले सक्रिय सहभागिता जनाए। तालिमको समापन सत्रमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षता तथा विभिन्न विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। प्रशिक्षक सुशिला श्रेष्ठ र तालिम संयोजक मनिषा सुनुवार श्रेष्ठले तालिम सञ्चालन गरेका थिए।