माओवादी केन्द्रका नेता दिनेश किराती आजपामा प्रवेश गरे
काठमाडौं । नेकपा (माओवादी केन्द्र्र) निकटको किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिव दिनेश किराती पार्टी परित्याग गरि आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । काठमाडौंको कोटेश्वरमा आज (शनिबार) बसेको आजपाको बागमती प्रदेश कमिटीको बिस्तारित बैठकका बीचमा किरातीले माओवादी परित्याग गरि आजपामा प्रवेश गरेका हुन् । आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किरातीलाई आजपामा प्रवेश गराउदै उनको राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरे । टिका, माला लगाएर पार्टी प्रवेश गराउँदै अध्यक्ष साहले पार्टीमा उचित जिम्मेवारी दिने बताए ।
