SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

एमाले सांसद कँडेल भन्छन्: राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्न हुँदैन

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रा. डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्र बैंकलाई थप डेपुटी गभर्नर आवश्यक नरहेको धारणा राखे ।