SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास

काठमाडौं । सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।