SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकको कारबाहि पश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छ: कार्यकारी निर्देशक रावल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले राष्ट्र बैंकको कारबाही पश्चात् पदमुक्त भएकाहरू भविष्यमा योग्य हुने वा नहुने भन्ने विषय ऐनमा नै प्रस्ट पार्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा उनले यस्तो बताएका हुन् ।