SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।