SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०७:२१ AM · 1 मिनेट पढाइ

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ । तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ । उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षा चौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो ।