विष्णु पौडेल प्रकरणमा रास्वपा सांसदको प्रश्न: प्रमाण थिएन भने अभियोजन किन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व डिएसपी गोविन्द पन्थीले एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्धको अनुसन्धान र अभियोजन प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले पर्याप्त प्रमाण नभए अनुसन्धान अभियोजनसम्म किन पुर्याइयो भन्दै सरकारसँग जवाफ मागेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद पन्थीले अनुसन्धान र अभियोजनको विश्वसनीयतामाथि प्रश्न गरेका हुन् ।
