SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

प्रदेश सरकार गठनमा अपवित्र साँठगाँठ नगर्न झलनाथ खनालको चेतावनी

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र व्यक्तिगत स्वार्थका लागि दक्षिणपन्थी शक्तिसँग ‘अपवित्र साँठगाँठ’ नगर्न पार्टी पंक्तिलाई चेतावनी दिएका छन् । उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।