SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ । पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख एवं पार्टीका सचिव पद्मा अर्यालले बताइन् ।