मध्य गाजाको अन्त्येष्टि जुलुसमा इजरायली हवाई आक्रमणः ८ जनाको मृत्यु, १९ घाइते
एजेन्सी । मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा आयोजित एक अन्त्येष्टि जुलुसमा इजरायली सेनाले शुक्रबार गरेको हवाई आक्रमणमा परी कम्तीमा ८ जना प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोत र प्रत्यक्षदर्शीहरूकाअनुसार उक्त घटनामा अन्य १९ जना घाइते भएका छन् ।
