भारतमा पहिलो पटक हाइड्रोजनबाट चल्ने रेल सेवा सुरु
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गरेका छन् । यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ । भारतमा पहिलो पटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो ।
