SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

मुक्तकमैयाका समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग

सुदूरपश्चिम । सरकारबाट पुनःस्थापना गर्न बाँकी रहेका मुक्तकमैयाको समस्या समाधान गर्न अधिकारसम्पन्न निकायको माग गरिएको छ । शनिबार कैलालीको धनगढीमा २६औँ कमैयामुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूले पुनःस्थापनाका लागि सरकारले पहिचान गरेकामध्ये बाँकी रहेकाको समस्या समाधान गर्न यस्तो माग गरिएको हो ।