SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०१:३९ AM · 1 मिनेट पढाइ

पशुपति क्षेत्रमा सरसफाइ

काठमाडौँ । पशुपति क्षेत्रमा साउने सोमबारको तयारीस्वरुप सरसफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साउनको सोमबारको तयारीस्वरुप गत हप्तादेखि सफाइ अभियान सुरु गरेको हो । सरसफाइको दोस्रो साता शनिबार पनि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको कोष सञ्चालक परिषद् सदस्यसमेत रहेका स्थानीयवासी एव पशुपतिका भण्डारी केदारमान भण्डारीले जानकारी दिए ।