काठमाडौंमा ‘क्लब अफिसर्स स्कुलिङ’ सम्पन्न
काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम शनिबार बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा सम्पन्न भएको छ। लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट ९ख्म्ए० लियो माधव तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर लायन कुशप्रसाद मल्ली प्रमुख अतिथि रहेका थिए।
