SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०२:१४ AM · 1 मिनेट पढाइ

पर्यटन प्रवर्द्धन गर्न ‘नेपालगन्ज कोरा’

नेपालगन्ज । धार्मिक पर्यटकीयस्थलको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्न आज यहाँ ‘नेपालगन्ज कोरा’ गरिएको छ । नेपालगन्ज साइक्लिङ क्लबले आयोजना गरेको नेपालगन्ज कोरामा १०० बढी साइकलयात्री सहभागी भएको क्लबका सहसचिव विष्णु कँडेलले जानकारी दिए । उनका अनुसार यस वर्षको कोरा २५ किलोमिटर, ५० किलोमिटर र १०० किलोमिटर दूरीको यात्रा रहेको थियो ।