SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ ।