SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०२:२० PM · 1 मिनेट पढाइ

हुलाकी सडक र कमला पुल निर्माणको माग गर्दै बहुभाषिक कवि सम्मेलन

काठमाडौं । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र त्यसअन्तर्गतका पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिरहामा आज राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना भएको छ । हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा सिरहाको बरियारपट्टीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित सम्मेलनमा कविहरूले हुलाकी सडक र कमला नदीमाथिको पुलको अवस्थालाई चित्रण गर्दै कविता वाचन गरेका थिए ।