SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

लागूऔषधसहित २२ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीबाट पाँच, बाँके र गोरखाबाट चार÷चार, सुनसरी र काठमाडौँबाट दुई÷दुई, झापा, बर्दिया, उदयपुर, धनुषा, महोत्तरीबाट एक÷एक जना पक्राउ परेका हुन् ।