SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

क्यानडाको डढेलोको धुवाँ विश्वकप फाइनल र युरोपसम्म!

एजेन्सी । क्यानडाको जङ्गलको ठूलो भागमा लागिरहेको डढेलोबाट निस्केको धुवाँको मुस्लोले क्यानडा र अमेरिकाको उत्तर–पूर्वी भागको हावाको गुणस्तर खराब बनाइरहेको छ । यस धुवाँले फिफा विश्वकप फाइनल आयोजना हुने क्षेत्रमा पुग्ने र युरोपतिर पनि फैलिन सक्ने सम्भावना रहेको युरोपेली सङ्घको वायुमण्डलीय अनुगमन सेवा (क्याम्स) ले शुक्रबार बताएको छ ।