कास्की र स्याङ्जामा रात्रिकालीन सवारी सञ्चालनमा रोक
काठमाडौं । कास्की र स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालभर मनसुन सक्रिय भई गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको भन्दै चेतावनी जारी गरेपछि स्थानीय प्रशासनले त्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् ।
