SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०१:०४ PM · 1 मिनेट पढाइ

१० वर्षीया बालिका करणीको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ

काठमाडौँ । मकवानपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका-७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।