SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : दुई वर्षपछि कारागारमुक्त भए बेचन झा

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि कारागारमा रहेका बेचन झा रिहा भएका छन् । सबै कानुनी प्रक्रिया पूरा गरेपछि उनी बुधबार सुन्धारा कारागारबाट रिहा भएका हुन् । हिजो जिल्ला अदालत काठमाडौंले झालाई ठगी मुद्दामा १ वर्ष कैद र १० हजार जरिबाना सजाय निर्धारण गरेको थियो ।