पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सेवा निवृत्त वा बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न अन्तरिम आदेश दिएको छ । पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्काल पूर्वन्यायाधीश र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण बुझाउने सूचना यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको हो ।
