SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल संघ नेपाल (हान) का पदाधिकारीहरूसँग भएको विशेष छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए ।