SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

कर्णालीमा सत्ता संकट, कोशीमा गठबन्धन नटुट्ने सरकारको दाबी

कर्णाली प्रदेशमा कांग्रेसका सबै मन्त्रीले मुख्यमन्त्रीसमक्ष राजीनामा दिएपछि कांग्रेस–एमाले गठबन्धनको भविष्यलाई लिएर कोशी प्रदेशमा पनि राजनीतिक चासो बढेको छ । सुदूरपश्चिममा समेत गठबन्धनबीच मतभेद देखिइरहेका बेला कोशी सरकारको निरन्तरताबारे चर्चा सुरु भएको हो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले भने प्रदेशको सत्ता समीकरण नटुट्ने दाबी गरेका छन् ।