SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ०९:३१ AM · 1 मिनेट पढाइ

न्यायपालिका कार्यपालिकाको अधिकारभित्र घुसेको जस्तो लाग्छ, यसले समस्या हुन्छ : भट्टराई

काठमाडौँ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेपाल राज्य प्रणाली असफल भएको भन्ने टिप्पणीलाई बेतुकको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दस वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संघीय राज्य प्रणाली सफलतापूर्वक अघि बढिरहेको तर अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे। सचिव भट्टराईले निर्वाचन आयोगले संविधान घोषणापछि भएका दुई पटकका निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै राज्य संयन्त्र निरन्तर गतिशील रहेको तर्क गरे। उनले भने, ‘कतिपयले स्टेट फेल भयो भन्छन्, ‘यो बेतुकको कुरा हो।