SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

‘राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक’ : अध्यक्ष दाहाल

काठमाडौँ, ११ भदौ । राष्ट्रिसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक, मामिला तथा सुशासन समितिद्वारा आज यहाँ आयोजित राष्ट्रिय सदाचार नीतिसम्बन्धी तयार गरिएको अध्ययन प्रतिवेदन, २०८२ माथिको छलफललाई सम्बोधन गर्दै उहाँले राजनीति क्षेत्रमा सदाचार लागू हुन नसकेका विद्यमान अवस्थामा सदाचार नीति कायम गर्नेतर्फ सम्बद्ध सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।