SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ११:३८ AM · 1 मिनेट पढाइ

फेरि बढ्यो अण्डाको मूल्य

काठमाडौं : नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य फेरि बढाएको छ । अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ प्रति क्रेट र सानो अण्डा ३ हजार रुपैयाँ  प्रति पेटी तोकिएको हो । उपभोक्ताका लागि अण्डाको नयाँ मूल्य प्रति गोटा २३ रुपैयाँ २ गोटाको ४५ रुपैयाँ तोकिएको छ । यसअघि ४ भदौमा अण्डाको मूल्य बढाएर प्रति क्रेट ठुलो अण्डा ५३० रुपैयाँ तोकेको थियो । यस्तै मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ प्रतिक्रेट तोकिएको थियो ।