दसैं–तिहार लक्षित ‘बजाज प्रिमियर लिग’ क्याम्पेन सार्वजनिक
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैं र तिहार जस्ता ठूला पर्वलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘बजाज प्रिमियर लिग (बीपीएल)’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अभियानले मोटरसाइकललाई केवल यातायातको साधन नभई जीवनशैली र पहिचानको प्रतीकका रूपमा अझ मजबुत बनाउन योगदान पुर्याउनेछ । यस क्याम्पेनको विशेषता भनेकै क्रिकेट स्कोरिङ शैलीमा आधारित पुरस्कार प्रणाली हो । नयाँ बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले जितेको “रन” को आधारमा नगद पुरस्कार पाउनेछन् ।
