SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ०२:२९ PM · 1 मिनेट पढाइ

धुम्बाराहीमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा उद्घाटन

काठमाडौं । काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित चिलिमे टावरमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ । यसअघि जमलमा रहेको शाखालाई स्थानान्तरण गरी आधुनिक सेवासहित नयाँ स्थानबाट कारोबार सुरु गरिएको हो । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा उनले बैंकले कृषि क्षेत्रमा गरेको लगानी, डिजिटल बैंकिङ सेवाको विस्तार र वित्तीय पहुँचलाई बढाएको भन्दै प्रशंसा गरे । साथै, उनले जोखिम व्यवस्थापनमा अझै सावधान रहन सुझाव दिए ।