SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ०३:१९ PM · 1 मिनेट पढाइ

बालेनबिरुद्धको कबाड आन्दोलनमा सुकुम्बासीको पनि साथ

काठमाडौं।  काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले शान्तिपूर्ण आन्दोलनमा उत्रिएको बताए । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कबाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्नदिनुपर्ने माग गरे ।