SHARE
कालिका खबर · बुधबार ११ भौ २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

भारत–नेपाल आर्थिक साझेदारी सम्मेलनमा नाडा मधेश प्रदेशका अध्यक्ष र उपाध्यक्ष सम्मानित

वीरगञ्ज । भारत–नेपाल आर्थिक साझेदारी सम्मेलन २०२५ मा नाडा मधेश प्रदेशका अध्यक्ष केदार अग्रवाल र प्रथम उपाध्यक्ष राहुल अग्रवाललाई विशेष सम्मान तथा पहिचान गरिएकाे छ। कार्यक्रमका क्रममा उहाँहरूले मधेश प्रदेशको अटोमोबाइल उद्योगसँग सम्बन्धित प्रमुख समस्या तथा चुनौतीहरूलाई प्रष्ट रूपमा प्रस्तुत गर्दै, तिनको समाधानका लागि प्रभावकारी उपायहरू पनि सुझाउनुभयो। उहाँहरूको प्रस्तुतिले अटोमोबाइल क्षेत्रको दिगो विकास र सुधारका लागि महत्त्वपूर्ण सन्देश प्रवाह गरेको सम्मेलन आयोजकले बताएका छन्। नाडा मधेश प्रदेशले अटोमोबाइल क्षेत्रका सरोकारबाहकहरूको आवाजलाई निरन्तर उठाउँदै आएको छ।