SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

खाना पकाउने ग्यासको आपूर्ति सुरक्षा र मूल्यमा सांसदहरूको चासो, सिलिन्डरलाई ‘कलर कोडिङ’ गर्न सुझाव

सांसदहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अनुदान प्रणालीका विषयमा चासो व्यक्त गरेका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरूले ग्यास सिलिन्डरको सुरक्षा मापदण्ड, उपभोक्ता ठगिने गरेको गुनासो र परनिर्भरता घटाउने उपायहरूका बारेमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।