SHARE
पर्दाफास · बुधबार ३१ असार २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

युवा अभियन्ता बानियाँ भन्छन्- नेपालमा अब ‘एक युवा, एक सीप’ अवधारणालाई अघि बढाउनुपर्छ

युवाको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मंगलबार विश्व युवा दक्षता दिवस मनाइँदैछ । विश्वभर बढ्दो बेरोजगारी, श्रम बजारमा आवश्यक सीपको अभाव र योग्यताअनुसार रोजगारी नपाउने समस्यालाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले जुलाई १५ लाई विश्व युवा दक्षता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।