भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु
भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा निर्माण सुरु गरिएको छ । जिल्लाको लिखु पिके गाउँपालिकामा निर्माण सुरु गरिएको ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको शिलान्यास गरिएको हो। गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गुम्बा भवनको शिलान्यास गरे।
