SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी ठहर

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार दोषी ठहर भएका छन् । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हाल केन्द्रीय कारागार सुन्धारामा सजाय काटिरहेका उनलाई दोषी ठहर गर्दै बिहीबार ३२ सजाय निर्धारण गर्ने गरी पेशी तोकेको छ।