SHARE
पर्दाफास · मङगलबार ३० असार २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य दोषी ठहर

उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात किर्ते गरेको आरोप लागेका तीनजना संविधानसभा सदस्यलाई कसुरदार ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसला सदर गरेको छ । न्यायाधीशहरू खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको इजलासले सभासद्हरू गायत्री शाह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय लगायतलाई कसुदार ठहर गर्ने जिल्ला अदालतको फैसलालाई मंगलबार सदर गरेको हो ।