SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

कञ्चनपुर । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् ।