आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन
काठमाडौं । सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको मंगलबार बिहान करिब २:४० बजे निधन भएको हो। सर्लाहीको गडैता नगरपालिका–१० निवासी मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
