SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

ललितपुर महानगरपालिकाद्वारा करमा विशेष सहुलियतको घोषणा

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छुट र सहुलियतको व्यवस्था घोषणा गरेको छ । महानगर प्रमुख चिरिबाबु महर्जनले सोमवार आयोजित पत्रकार सम्मेलनमा नवौं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिँदै करदातालाई प्रोत्साहन गर्न विभिन्न छुटका योजनाहरू सार्वजनिक गरेका हुन् ।