SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

एमाले उपाध्यक्ष विष्णु पौडेलको पाँचौंपटक म्याद थप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।