SHARE
मकालु खबर · सोमबार २९ असार २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

प्रतिवेदन थन्काउने प्रवृत्ति अन्त्य गरी कार्यान्वयनमा जोड दिनुपर्छ: विज्ञानमन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारी तथा गैरसरकारी निकायहरूले तयार पारेका अध्ययन प्रतिवेदनहरू कार्यान्वयन नभई थन्किने गरेकोमा चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।