SHARE
Kalo Pati · सोमबार २९ असार २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डौ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको जोखिम छ ।