सुन तोलामा २ हजार ८०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ८०० रुपैयाँले घटेको हो।
